सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
१५ असोज, काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ । सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रदेश नदिएपछि शाही पक्षधर तोडफोडमा उत्रेका हुन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् । एमाले निर्वाचन मण्डलका सदस्यहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपनि शाही प्रहरी नियन्त्रणबाट मुक्त भैसकेका छन् । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तर्गत सोमबार मतगणना भइरहेको छ । घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।
Related posts:
मोटर चलाएर धान खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर दुई किसानको मृ*त्यु
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्...
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1