राजावादीले आफ्नो चरित्र देखाए : गृहमन्त्री
१७ चैत, काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले राजावादीहरुले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजावादी वा राजाको शासन पुनः ल्याउँछौँ भन्नेहरूले राजाको शासन कस्तो हुन्छ भनेर चरित्र देखाइसकेको उनले बताए ।
१७ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजावादी वा राजाको शासन पुनः ल्याउँछौँ भन्नेहरूले राजाको शासन कस्तो हुन्छ भनेर चरित्र देखाइसकेको उनले बताए ।
‘तर घर बाहिरबाट आगो लगाइएको छ । के का लागि लगाइएको छ भन्दा हामी राजाका समर्थक हौँ, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ । यो हो चरित्र,’ गृहमन्त्री लेखकले भने । गृहमन्त्री लेखकले लोकतन्त्र नहुँदा सञ्चार जगत त्रसित हुने जिकिर गरे ।
Post Comment