सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
४६ पटक हेरिएको
Shares
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सारांश

  •   सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
  • आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिएका वनमन्त्री लक्ष्मणकिशोर चौधरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने, सरकारले जथाभावि गरेका नियुक्तिबारे जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलले प्रदेश सभाको बैठकमा विरोध जनाएका छन् ।
  • बैठक अवरोधसँगै प्रतिपक्षी दलको तर्फबाट धारणा राखेकी राप्रपाकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले नियम विपरीत सेवा सुविधा लिने, राजनीतिक नियुक्ति, सुशासन प्रवर्द्धन तथा खर्च कटौतीका विषयमा पटक–पटक सरकारको जवाफ मागेको बताइन् तर सरकारले सदन सत्तापक्षको मात्र भएको प्रतिपक्षको नभएको जस्तो व्यवहार गरेर कुरा नसुनेको बताइन् ।

 

१७ चैत, धनगढी । 

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिएका वनमन्त्री लक्ष्मणकिशोर चौधरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने, सरकारले जथाभावि गरेका नियुक्तिबारे जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलले प्रदेश सभाको बैठकमा विरोध जनाएका छन् ।

बैठक अवरोधसँगै प्रतिपक्षी दलको तर्फबाट धारणा राखेकी राप्रपाकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले नियम विपरीत सेवा सुविधा लिने, राजनीतिक नियुक्ति, सुशासन प्रवर्द्धन तथा खर्च कटौतीका विषयमा पटक–पटक सरकारको जवाफ मागेको बताइन् तर सरकारले सदन सत्तापक्षको मात्र भएको प्रतिपक्षको नभएको जस्तो व्यवहार गरेर कुरा नसुनेको बताइन् । त्यसैले सरकारले यथाशिघ्र ती विषयमा जवाफ दिनुपर्ने उनको भनाई थियो ।

 

प्रदेशका पूर्वमुख्यमन्त्रीसहितका सांसद भारतको उत्तराखण्ड पुगेर त्यहाँका मुख्यमन्त्रीसँग छलफल गरेर फर्किएको विषयमा समेत सरकारको धारणा माग गरिएको छ । सम्बन्धित प्रदेश सभा सदस्यले परराष्ट्र मन्त्रालयबाट वैदेशिक भ्रमणका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिए/नलिएको कुरा प्रष्ट पार्नुपर्ने प्रतिपक्षी दलको माग रहेको छ । मन्त्री मुछिएको अडियो प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरिएको छ ।प्रतिपक्षीको अवरोधपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालाजु बस दुर्घटना: ३४ जना घाइते
बालाजु बस दुर्घटना: ३४ जना घाइते
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
बाल मन्दिर प्रकरण : विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
बाल मन्दिर प्रकरण : विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
पूर्वराजालाई प्रचण्डको चेतावनी- अर्को गल्ती गरे भोग्न बाँकी केही रहँदैन
पूर्वराजालाई प्रचण्डको चेतावनी- अर्को गल्ती गरे भोग्न बाँकी केही रहँदैन
राष्ट्र बैंकले चार अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले चार अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस
पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस
वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु
वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
बीपी राजमार्गमा राति गाडी चलाउन रोक
बीपी राजमार्गमा राति गाडी चलाउन रोक