कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
४१ पटक हेरिएको
Shares
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै

सारांश

  • कर्णाली सरकारले जम्मा १५ प्रतिशत बजेट खर्च गरेको छ ।
  • चालु आर्थिक बर्षको आठ महिनामा कर्णाली सरकारको बिकास बजेट दुई अर्ब ८५ करोड २५ लाख रुपैयाँमात्रै खर्च भएको छ ।
  • कर्णाली सरकारले चालु आर्थिक बर्षमा विनियोजन गरेको कूल बिकास बजेटको १५.

१४ चैत, सुर्खेत ।

कर्णाली सरकारले जम्मा १५ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षको आठ महिनामा कर्णाली सरकारको बिकास बजेट दुई अर्ब ८५ करोड २५ लाख रुपैयाँमात्रै खर्च भएको छ । कर्णाली सरकारले चालु आर्थिक बर्षमा विनियोजन गरेको कूल बिकास बजेटको १५.१९ प्रतिशत मात्रै हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले विकासतर्फ १८ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सरकारको बजेट खर्च बर्सेनी कमजोर देखिँदै आएको छ । सरकारले बजेट कार्यान्वयनको अवस्था बढाउने प्रतिबद्धता जनाउँदै आएको भए पनि नतिजा देखिएको छैन । सरकारका विभिन्न मन्त्रालयले गरेको अर्धवार्षिक समीक्षामा मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनको दायरा बढाउन निर्देशन दिए पनि बजेट कार्यान्वयनले गती लिन सकेको छैन । चालु आर्थिक वर्ष सरकारले ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको भए पनि बजेट कार्यान्वयनको अवस्था हेर्दा लक्ष्य हाँसिल गर्न सकिने अवस्था नरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका एक कर्मचारीले बताए । ‘बजेट कार्यान्वयनको प्रगती आशा लाग्दो देँखिँदैन’ उनले भने, ‘यही गतिमा सरकारले लिएको लक्ष्य हाँसिल गर्न सकिँदैन ।’

सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक बर्षको यो अवधीसम्म जम्मा एक अर्ब ७३ करोड एक लाख रुपैयाँमात्र खर्च गरेको छ । यो कूल बजेटको १७ प्रतिशत मात्रै हो । यो मन्त्रालयसँग चालु आर्थिक वर्षमा १० अर्ब १७ करोड ८२ लाख बराबरको विकास बजेट छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षको फागुन महनिासम्म २०.७२ प्रतिशत बजेट खर्च गरेको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ८.११ प्रतिशतमा सिमित भएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ११.४४, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४.९४ प्रतिशत पुँजीगत बजेट कार्यान्वयन गरेको लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी दीपेन्द्र मगरातीले बताए । चालु आर्थिक वर्ष कर्णाली सरकारले ३१ अर्ब ४१ करोड कुल बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
चितवन दुर्घटना : घाइते ट्रक चालकको उपचारको क्रममा मृत्यु
चितवन दुर्घटना : घाइते ट्रक चालकको उपचारको क्रममा मृत्यु
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
सिंहदरबार पूर्णरूपमा जेनजीको कब्जामा
सिंहदरबार पूर्णरूपमा जेनजीको कब्जामा
क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश
क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
बाजुरामा सडेगलेको अवस्था एक महिलाको श*व फेला
बाजुरामा सडेगलेको अवस्था एक महिलाको श*व फेला
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
४५ वर्षको उमेरमा विवाह गर्दै बाहुबली एक्टर प्रभास
४५ वर्षको उमेरमा विवाह गर्दै बाहुबली एक्टर प्रभास
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?