२६ जेष्ठ २०८२, आईतवार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

१४ असोज, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका हुन् । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठक सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डले एमालेसँग छलफल गरेका हुन् ।

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ । आज दिउँसो १ बजे बोलाइएको संसद बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?