इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ४, २०८१
|
|
२२ पटक हेरिएको
Shares
इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना

सारांश

  • मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ ।
  • दुर्घटनामा चार जना घाइते भएका छन् ।
  • कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

४ चैत, हेटौंडा ।

मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

गाडिमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा ल्याइएको उनले बताए । घाइते सबै भारतीय नागरिक रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भारत उत्तर प्रदेश जिल्ला राइबेली ग्राम यनटिबेसी उचहर बस्ने ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जितेन्द्रप्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभयप्रताप सिंह रहेको डिएसपी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव अधिकार आयोगले बनायो तिनकुने घट्नाको छानबिन गर्न समिति
मानव अधिकार आयोगले बनायो तिनकुने घट्नाको छानबिन गर्न समिति
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
बिपी राजमार्ग : २ दिनभित्र एकतर्फी यातायात सञ्चालन गर्नेगरी सडक बनाउने काम सुरु
बिपी राजमार्ग : २ दिनभित्र एकतर्फी यातायात सञ्चालन गर्नेगरी सडक बनाउने काम सुरु
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
अब ओली सरकारको साझेदार हुन सकिँदैन : गगन थापा
अब ओली सरकारको साझेदार हुन सकिँदैन : गगन थापा
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं