दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
६४ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो

सारांश

  • अभियन्ता दुर्गा प्रसाईंले राप्रपाको कारण राजसंस्था हटेको आरोप लगाएका छन् ।
  • पत्रकार सम्मेलन गर्दै प्रसाईंले राप्रपाले हिजोका दिनमा फ्रड काम गरेको कारण राजसंस्था हटेको बताए ।
  • उनले भने, “हिजोका दिनमा सबैभन्दा फ्रड काम गरेको राप्रपाले हाे ।

२७ फागुन, काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंले राप्रपाको कारण राजसंस्था हटेको आरोप लगाएका छन् । पत्रकार सम्मेलन गर्दै प्रसाईंले राप्रपाले हिजोका दिनमा फ्रड काम गरेको कारण राजसंस्था हटेको बताए । उनले भने, “हिजोका दिनमा सबैभन्दा फ्रड काम गरेको राप्रपाले हाे ।

०७२ साल असोज ४ गते राप्रपा भन्ने पार्टी र त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनका कारण साइन नगरेको भए न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो । पहिले तिलाञ्जली दिए अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्न आए ।” उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो लडाइँको रथ हाँक्नसमेत आग्रह गरे । “राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईंले यो लडाइँमा सारथि भएर रथ हाँक्नुस्,म अर्जुनको भूमिकामा वाण चलाउँछु ।” प्रसाईंले भने ।

उनले राप्रपाहरु माहोल बनेपछि ढोक्सा थाप्न आएको आरोप पनि लगाए । उनले भने, “गणतन्त्रमा जाने भोज खाने खड्गप्रसाद ओलीसँग फोन गर्ने, अनि माहौल बन्यो भने परिहाल्छ कि भनेर त्यो गर्ने, ढोक्सा थाप्न आउने ।” पूर्वराजा ज्ञानेन्द्र आइतबार पोखराबाट काठमाडौं आउँदा राजावादीहरु स्वागत गर्न विमानस्थल पुगेका थिए । त्यसक्रममा राप्रपा र राप्रपा नेपालका नेताहरु पनि त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
नगरवासीको सुविधाका लागि इटहरीमा सुरुभयो बिजुली बस सेवा
नगरवासीको सुविधाका लागि इटहरीमा सुरुभयो बिजुली बस सेवा
आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल। 
आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल। 
कुलिङ पिरियडमा कर्मचारीले खेले, प्रधानमन्त्रीलाई घेरे : प्रवक्ता गुरुङ
कुलिङ पिरियडमा कर्मचारीले खेले, प्रधानमन्त्रीलाई घेरे : प्रवक्ता गुरुङ
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’