सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
४३ पटक हेरिएको
Shares
स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी

सारांश

  • प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्ने निर्णयविरुद्ध २० प्रहरी अधिकृतहरु सर्वोच्च अदालत पुगेका छन् ।
  • २० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुले सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए ।
  • उक्त रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।

 

२७ फागुन, काठमाडौं । प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्ने निर्णयविरुद्ध २० प्रहरी अधिकृतहरु सर्वोच्च अदालत पुगेका छन् । २० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुले सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए । उक्त रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।

रिट दायर गर्ने २०७० मा इन्सपेक्टरमा भर्ना भएकाहरु छन् । पर्यटन प्रहरी भृकुटीमण्डपमा कार्यरत रिपेन्द्र कुमार समेत २० जनाले स्टाफ कलेज कोर्स लागु गर्न नहुने माग गर्दै रिट दायर गरेका हुन् । नेपाल प्रहरीमा २०७० मा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु गर्ने तयारी गरिएको छ । त्रिविसँग सम्झौता गरेर प्रहरीले प्रक्रिया अघि बढाइसकेको छ । त्यसैगरी संसदमा दर्ता भएको प्रहरी विधेयकमा समेत स्टाफ कलेज लागु गर्नेबारे उल्लेख गरिएको छ ।

स्टाफ कलेज पास नहुनेले डीआईजी नबन्ने र एसएसपीमै घर जानुपर्ने विधेयकमा उल्लेख गरिएको छ । स्टाफ कलेजको रुपमा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) र त्रिभुवन विश्वविद्यालयबीच मास्टर्स इन पुलिस साइन्स (एमपीएस)मा कोर्समा गत २१ भदौमा हस्ताक्षर भएको थियो । त्यसविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र प्रहरी एकेडेमीलाई विपक्षी बनाउँदै रिट दायर भएको थियो । यसको पेशी मङ्गलबार दोस्रो नम्बरमै पालो परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्नेछ: माधव नेपाल
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्नेछ: माधव नेपाल
निवर्तमान गृहमन्त्री लेखकको घरमा आगजनी
निवर्तमान गृहमन्त्री लेखकको घरमा आगजनी
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ: प्रधानमन्त्री
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ: प्रधानमन्त्री
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
जिपले मोटरसाइकललाई ठक्करबाट दिँदा एक जनाको मृत्यु
जिपले मोटरसाइकललाई ठक्करबाट दिँदा एक जनाको मृत्यु
ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
वीर अस्पताललाई सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने
वीर अस्पताललाई सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने