२६ जेष्ठ २०८२, आईतवार

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

 

२६ फागनु, काठमाण्डाै – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएकाे छ । मन्त्री राणा भारतको झारखण्डमा रहेकाे बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ । मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।

मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा पनि सहभागी हुनुहुनेछ । भारत सरकारको निमन्त्रणामा राइसिना डायलगमा मन्त्री राणासहित विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ । याे कार्यक्रमलाई मन्त्री राणाले सम्बोधन गर्नुहुने छ । साथै यही भ्रमणकै क्रममा उहाँले आफ्नो स्वास्थ्य जाँचको फलोअप पनि गराउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?