चाँदनी हत्या प्रकरण : आमा-बुबा, मामा-माइजु र हजुबुबा-हजुरआमा कारागार चलान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
५१ पटक हेरिएको
Shares
चाँदनी हत्या प्रकरण : आमा-बुबा, मामा-माइजु र हजुबुबा-हजुरआमा कारागार चलान

सारांश

  • विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना कारागार चलान भएका छन् ।
  • चाँदनीको हत्या आरोपमा आमा ३५ वर्षीया राजकुमारी राय यादव, बुबा लालमोहन, मामा रामबाबु मण्डल, मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी) ५४ वर्षीया बतासी मण्डल, माइजू जानकीविरुद्ध मुद्दा दायर भएको थियो ।
  • जिल्ला अदालत मोरङका न्यायाधीश मनिराम ज्ञवालीको इजलासले आइतबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

१९ फागनु, विराटनगर। विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना कारागार चलान भएका छन् । चाँदनीको हत्या आरोपमा आमा ३५ वर्षीया राजकुमारी राय यादव, बुबा लालमोहन, मामा रामबाबु मण्डल, मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी) ५४ वर्षीया बतासी मण्डल, माइजू जानकीविरुद्ध मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत मोरङका न्यायाधीश मनिराम ज्ञवालीको इजलासले आइतबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । प्रहरीले अनुसन्धान प्रतिवेदनका आधारमा आमा र मामालाई कर्तब्य ज्यान र अन्य चार जनालाई मतियार बनाएर मुद्दा दायर भएको थियो । विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्र चाँदनीको माघ ११ गते दिउँसो हत्या भएको थियो । हत्यापछि राति मामाघरनजिकै खाल्डो खनेर उनको शव गाडिएको थियो । प्रहरीले माघ १८ गते उनको शव फेला पारेको थियो । भरतको छपरा घर भएकी चाँदनीको भारतीय बालकसँग प्रेम सम्बन्ध थियो । उनीहरुले भागेर बिहेसमेत गरेका थिए ।

छुटाएर घर फर्काएपछि बाबुआमा पुसको पहिलो साता विराटनगरस्थित मावली घरमा चाँदनीलाई ल्याएका थिए । विराटनगर आएकै भोलिपल्ट बुवा लालमन भारतस्थित घर फर्किए । आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसेकी थिइन् । छोरीको हत्यापछि शव व्यवस्थापन गरेकै भोलिपल्ट उनी घर फर्किएकी थिइन् । छोरीको शव फेला परेपछि प्रहरीले दुवैजनालाई नेपाल ल्याएको थियो। प्रेम सम्बन्ध छुटाउन खाेज्दा नमानेपछि आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको थियो । उनको शव व्यवस्थापनमा चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी) ५४ वर्षीया बतासी मण्डल, माइजू जानकीले सहयोग गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
रोकियो निजामती विधेयकमाथिको दफावार छलफल
रोकियो निजामती विधेयकमाथिको दफावार छलफल
४२ लाखको लागूऔषध सहित नेपाली युवक भारतमा पक्राउ
४२ लाखको लागूऔषध सहित नेपाली युवक भारतमा पक्राउ
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
कोशीमा कोरोना सङ्क्रमणको जोखिम, के छ सरकारी तयारी ?
कोशीमा कोरोना सङ्क्रमणको जोखिम, के छ सरकारी तयारी ?
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ