१२ श्रावण २०८२, आईतवार

सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने

 

१८ फागुन,  काठमाडौं- सर्वोच्च अदालतमा आइतबारका लागि तय भएका सबै पेशी स्थगित गरिएको छ । पूर्व न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको शोकमा आइतबारका लागि तोकिएका सर्वोच्चका सबै पेशी स्थगित गरिएको हो । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको शुक्रबार बिहान उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

शारदा नेपालकी पहिलो महिला न्यायाधीश हुन् । उनी न्यायाधीशका रुपमा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्याायधीश थिइन् । २०६१ वैशाखमा उनी सर्वोच्चकी न्यायाधीश भएकी थिइन् । उनी ०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिइन् । सर्वोच्च पुग्नुअघि उनी उच्च अदालत राजविराजमा कार्यरत थिइन् । शुक्रबार सार्वजनिक बिदा परेकाले सर्वोच्चले उनको निधनको शोकमा आइतबारको पेशी स्थगित गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?