सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै

सारांश

  • सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ ।
  • सत्ता साझेदार दल कांग्रेस एमालको सहमति अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसदमा अघि बढाउन लागिएको हो ।
  • यो विधेयकको दफा ३३ को व्यवस्था लामो समयदेखि निस्क्रिय रहँदै आएको छ ।

 

१७ फागुन, काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ । सत्ता साझेदार दल कांग्रेस एमालको सहमति अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसदमा अघि बढाउन लागिएको हो । यो विधेयकको दफा ३३ को व्यवस्था लामो समयदेखि निस्क्रिय रहँदै आएको छ । सोही दफालाई जगाउनका लागि विधेयक अघि बढाउन लागिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

‘केही दफा निस्क्रिय भएको छ । कानूनलाई निस्क्रिय अवस्थामा रहन दिनुहुँदैन । त्यसलाई पुन: जगाउनुपर्छ । त्यसैलाई जगाउनका लागि विधेयक ल्याउन लागिएको हो’, गृहमन्त्री लेखकले भने । निस्क्रिय रहेको दफामा राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था छ । दफा ३३ को उपदफा २ मा कुनै पनि दलको केन्द्रीय सदस्य र संघीय सांसदको ४० प्रतिशत सदस्य भएमा अर्को दल गठन गर्न सक्ने व्यवस्था छ ।यो विधेयक संशोधनले दल विभाजन गर्न सहज भए केही दल फुट्न सक्छन् । संसदमा अध्यादेश अघि नबढेको बेला प्रतिपक्ष दलहरूलाई यही विषयमा दबाब दिन पनि सरकारले यो विधेयक ल्याउन लागेको हो । तर, विधेयकमा दल विभाजनको लागि के-के कति प्रतिशत राखिने भन्ने बारेमा अहिले नै तय भइसकेको छैन । दल विभाजनसम्बन्धीको व्यवस्थामा कति प्रतिशत राख्ने भन्ने कुरा अहिले सोचिमात्रै राखेको गृहमन्त्री लेखेकको भनाइ छ ।

तर, कुनै दल फुटाउनका लागि नभएको उनको भनाइ छ । ‘पहिलेको अध्यादेशमा ल्याएको त २० प्रतिशत भनेर ल्याएको हो । अहिले कति राख्ने भन्नेबारेमा सोचिराखेको छ’, उनले भने, ‘हेरेर तत्काल संशोधन गर्नु पर्ने भए गरिन्छ । थप आवश्यकता अनुसार गरिन्छ ।’ उनले अहिलेको मुख्य उद्देश्य भनेकै कानून सक्रिय बनाउने भएको बताउँदै यसमा कसैले आशंका गर्ननपर्ने बताए । ‘दल विभाजन गर्ने उद्देश्य छैन, त्यस्तो चाहना र चासो पनि छैन’, उनले प्रश्न गर्दै भने, ‘कानूनले दल फुट्ने हुन्छ र ? कसैले पनि आशंका गर्नुपर्ने केही छैन । मृत भएको कानूनलाई पुनर्जीवित गर्ने कुरामात्रै हो ।’ यो विधेयकमा के-के राख्ने भन्ने विषयमा भने कुरा भइरहेको उनको भनाइ छ ।

राष्ट्रिय सभामा सरकारलाई अध्यादेश पारित गराउन बहुमत नपुगेका बेला यो विधेयक आउन लागेपछि सरकार अध्यादेश पारित गराउने अर्को बाटोको खोजीमा लागेको आशंका छन् । मुख्य गरी यो विधेकको निस्क्रिय रहेको उपदफा २ को दल विभाजनका लागि आवश्यक केन्द्रीय सदस्य र संघीय सांसदको संख्याको प्रतिशत घटाउने र दफा ३ मा उल्लेख भएको नयाँ दलको मान्यता पाएको पाँच वर्षसम्म फुटाउन नपाउने व्यवस्थाको संशोधन हुनसक्छ । गृहमन्त्री लेखकले पनि के-कति बढाउने र के थपघट गर्ने भन्नेबारे कुरा भइरहेको बताउँछन् । यो विधेयक सरकारले  संसदकोआगामी बैठकमा लैजाने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक २१ गते बुधबार बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली
सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा
जेनजी आन्दोलनमा साढे ८४ अर्ब बराबर क्षति
जेनजी आन्दोलनमा साढे ८४ अर्ब बराबर क्षति
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
काभ्रेमा बसको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु
काभ्रेमा बसको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु
पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा
पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो