सुकेधारामा एक व्यक्तिको शंकास्पद अवस्थामा शव भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सुकेधारामा एक व्यक्तिको शंकास्पद अवस्थामा शव भेटियो

सारांश

  • काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव भेटिएको छ ।
  • बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
  • शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो।

१५ फागुन, काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव भेटिएको छ । बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा राईको मृत्यु शंकास्पद देखिन्छ । ‘सीसी टीभी फुटेज लगायतका अन्य विभिन्न पाटोको अध्ययन गरेर अनुसन्धान थालेका छौं’, ती अधिकृतले भने ।

शंकास्पद देखिएपछि यो प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समेत जाँच गरिरहेको छ । कार्यालयका अधिकृतहरुका अनुसार, मृतक राईको टाउकोमा गम्भीर चोटहरु देखिएको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले भने पोष्टमार्टम जाँचपछि नै मृत्युको कारण खुल्ने र त्यसपछि विस्तृतमा थाहा हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय
यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत, भोलि प्रस्तुत हुने
बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत, भोलि प्रस्तुत हुने
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
अफगानिस्तानको भुकम्पमा मृ*त्यु हुनेको सङ्ख्या २४ पुग्यो
अफगानिस्तानको भुकम्पमा मृ*त्यु हुनेको सङ्ख्या २४ पुग्यो
प्रतिनिधिसभाको बैठक बस्दै‌,दुई मन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै‌,दुई मन्त्रीले जवाफ दिने कार्यसूची
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला