प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १२, २०८१
|
|
२८ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने

सारांश

  • बैठक दिउँसो १ बजे बस्ने संघीय सचिवालयले जनाएको छ।
  • आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौं वार्षिक प्रतिवेदन आव २०८०/०८१’ पेश गर्ने संभावित कार्यसूची छ।
  • गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ।

११ फागुन, काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने संघीय सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौं वार्षिक प्रतिवेदन आव २०८०/०८१’ पेश गर्ने संभावित कार्यसूची छ।

गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ। यसैगरी सांसद  शेरबहादुर कुँवरले ‘सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने’भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूचीमा उल्ले‍ख छ।

उक्त प्रस्तावमाथि सांसद्वय दयाल बहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्नेछन्  । सांसद राजेन्द्र बजगाईले ‘नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल)को आतङ्कबाट खेतीबाली नष्ट भई किसानहरको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दिर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा छ। उक्त प्रस्तावको समर्थक सांसदद्वय उदय शंशेर जबरा र  संजय कुमार गौतमले समर्थन गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
प्रधानमन्त्रीको आश्वासन : चीन भ्रमणमा पोखरा विमानस्थलको कुरा राख्छु
प्रधानमन्त्रीको आश्वासन : चीन भ्रमणमा पोखरा विमानस्थलको कुरा राख्छु
विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने
विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने
नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए
नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
सर्लाहीमा कारको ठक्करबाट वृद्धा महिलाको मृ*त्यु
सर्लाहीमा कारको ठक्करबाट वृद्धा महिलाको मृ*त्यु
९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै