सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
४५ पटक हेरिएको
Shares
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु

सारांश

  •  सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु भएको छ ।
  • सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा चारवटा मुद्दामा ८ जनाविरुद्धपूरक जाहेरी दर्ता गरेका थिए ।
  • कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दर्तापछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

 

९ फागुन, काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु भएको छ । सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा चारवटा मुद्दामा ८ जनाविरुद्धपूरक जाहेरी दर्ता गरेका थिए ।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दर्तापछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । उनले भने,“यस घटनाका विषयमा हामीले सुरुबाटै गहिरो अनुसन्धान गरिरहेका छौँ । पूरक जाहेरी आएपछि अब हामीलाई घटनाको सुक्ष्म अनुसन्धानको लागि झन् सहज भएको छ ।” गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् ।

त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो । गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले गत मङ्गलबार प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेकामा समितिले घटनास्थलमा पुगि प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो ।

छानबिन समितिका संयोजक कोइरालाले घटना दबाउन ‘बार्गेनिङ्’ गर्ने र पञ्चायती बस्ने हाल फरार रहेका बताए। उनले भने,“घटना मिलाउन भूमिका खेलेका भनिएका अधिकांश व्यक्ति फरार छन् । भिडियो÷फोटाबाट पहिचान गरेर खोजी गरिरहेका छौँ ।” रिंकुका बुबा बिजुलिया सदाय छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेको र विभिन्न पक्षबाट डर–त्रास दिन काम भइरहेको गुनासो गरे । यसैबीच घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न सिरहास्थित विभिन्न सामाजिक सङ्घ–संस्थाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा पीडितपरिवारलाई अझै निरन्तर धाक, धम्की, डर त्रास देखाउने काम भइरहेकाले तत्काल भयरहित वातावरणमा बस्ने वातावरण बनाउन आग्रह गरिएको छ । मृतकका परिवारलाई भेट्न यहाँ पुगेका मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले दोषीलाई कानुनको कठ्घरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक बस्दै,  आज अर्थमन्त्रीले जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, आज अर्थमन्त्रीले जवाफ दिने
हवाई साधनमार्फत २३ जनाको उद्धार
हवाई साधनमार्फत २३ जनाको उद्धार
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो
दाउन्नेमा सडक भासिएपछि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा लगाइयो रोक
दाउन्नेमा सडक भासिएपछि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा लगाइयो रोक
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दै
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दै