संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गर्ने तयारी

सारांश

  • दुईपटकसम्म स्थगीत भएको प्रक्रिया शनिबारदेखि भने अघि बढ्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
  • सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार शनिबार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन र सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावसहित उम्मेदवारी दिने समय तोकिएको छ ।
  • प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले शनिबार बिहान १० बजे मतादाता नामावली प्रकाशन, ११ बजेदेखि साढे ११ बजेसम्म दाबी विरोध, १२ बजे अन्तिम नामावली प्रकाशन, १ देखि ४ बजेसम्म निर्वाचन गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेको जानकारी दिए ।

 

३ फागुन, कैलाली –सुदूरपश्चिम प्रदेश सभाका रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । दुईपटकसम्म स्थगीत भएको प्रक्रिया शनिबारदेखि भने अघि बढ्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार शनिबार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन र सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावसहित उम्मेदवारी दिने समय तोकिएको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले शनिबार बिहान १० बजे मतादाता नामावली प्रकाशन, ११ बजेदेखि साढे ११ बजेसम्म दाबी विरोध, १२ बजे अन्तिम नामावली प्रकाशन, १ देखि ४ बजेसम्म निर्वाचन गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेको जानकारी दिए । उनकाअनुसार आइतबार बिहान १० देखि ११ बजेसम्म सभापतिका उम्मेदवारविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि कारबाही अघि बढ्नेछ भने त्यसपछि निर्वाचन परिणाम घोषणा गरिने प्रदेश सभा सचिवालयले जनाएको छ । रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि सचिवालयले यसअघि दुई पटक निर्वाचन तालिका सार्वजनिक गरेको थियो, तर दुवै पटक स्थगित गरिएको थियो । अहिले सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिमा सभापति छैनन् भने विशेषाधिकार समिति पनि रिक्त छ ।

सुदूरपश्चिममा ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । भागबन्डा अनुसार सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले एउटा–एउटा समितिको सभापति लिनेछन् । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति लिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी
दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी
चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री
चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री
२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि
२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि
मधेशमा निर्वाचन आचारसंहिता कागजमै सीमित, दलहरूद्वारा खुला उल्लङ्घन जारी
रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर दुइ बालिकाको मृ*त्यु
रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर दुइ बालिकाको मृ*त्यु
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री

तपाईंले छुटाउनुभयो कि?