हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
१७ पटक हेरिएको
Shares
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

सारांश

  •   आइतबार सभामुख देवराज  घिमिरेसँग भएको सत्तारुढ दलहरूका प्रमुख सचेतकहरूसँग भएको छलफल पछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको जानकारी दिए।
  • उनले भने, ‘पहिलो दिनको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गरेर आगामी दिनमा हाउस अत्यन्त प्रभावकारी हुनेगरी अगाडि बढ्नेछ।
  • हाउसले प्राप्त गर्ने बिजनेसहरूमा कुनै कमी नहुने गरी तयारी भइरहेको छ।

१३ माघ, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्ने भएका छन्।  आइतबार सभामुख देवराज  घिमिरेसँग भएको सत्तारुढ दलहरूका प्रमुख सचेतकहरूसँग भएको छलफल पछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको जानकारी दिए।

उनले भने, ‘पहिलो दिनको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गरेर आगामी दिनमा हाउस अत्यन्त प्रभावकारी हुनेगरी अगाडि बढ्नेछ। हाउसले प्राप्त गर्ने बिजनेसहरूमा कुनै कमी नहुने गरी तयारी भइरहेको छ।’ उनले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरुलाई पनि अघि बढाउन पहलकदमी गर्न सभामुखले आग्रह गरेको उनले जानकारी दिए।

संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकअघि सभामुखले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सोमबार सामूहिक रुपमा छलफल गर्ने तय भएको छ । त्यस्तै मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती
आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती
हेटौँडा बजारको सडक विस्तारमा पुनः विवाद
हेटौँडा बजारको सडक विस्तारमा पुनः विवाद
पर्साबाट १९ किलो लागूऔषध चरेस बरामद
पर्साबाट १९ किलो लागूऔषध चरेस बरामद
बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट
बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
युक्रेनको राजधानी किभमा रुसले हान्यो २५० ड्रोन, १३ जनाको मृत्यु, ५६ घाइते
युक्रेनको राजधानी किभमा रुसले हान्यो २५० ड्रोन, १३ जनाको मृत्यु, ५६ घाइते
नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल
नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल
संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने
संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा

तपाईंले छुटाउनुभयो कि?