सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १०, २०८१
|
|
८८ पटक हेरिएको
Shares
पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता

सारांश

  • जनवरी २२ मा महाराष्ट्रको जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसका २३ जना यात्रुलाई अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले किचेको थियो ।
  • यस दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने अरू १० जना घाइतेको जलगाउँस्थित निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
  • यस घटनामा चार जना नेपालीको पनि मृत्यु भएको छ ।

 

१० माघ, नयाँ दिल्ली । जनवरी २२ मा महाराष्ट्रको जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसका २३ जना यात्रुलाई अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले किचेको थियो । यस दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने अरू १० जना घाइतेको जलगाउँस्थित निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ । यस घटनामा चार जना नेपालीको पनि मृत्यु भएको छ ।

शवहरूको सनाखत हुन बाँकी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ । यस घटनामा मर्ने व्यक्तिका परिवारलाई प्रतिव्यक्ति डेढ लाख भारु रुपैयाँ दिने रेलमन्त्री अश्विनी वैष्णवले घोषणा गरेका छन् । घटनाका गम्भीर घाइतेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने भनिएको छ । सामान्य घाइतेले पनि ५ हजार रुपैयाँ क्षतिपूर्ति पाउने घोषणा वैष्णवले गरेका छन् । घटना भएको ठाउँमा ‘शार्प टर्न’ भएकोले गर्दा अर्को ट्रयाकमा हाम फालेका यात्रुहरूले रेल आएको थाहा पाउन नसकेको मध्य रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतहरूले बताएका छन् । घटनाको समयमा रेलमा उपस्थित मानिसहरूले आगलागीको हल्ला पहिले एक चिया विक्रेताले फैलाएको बताएका छन् ।

यो हल्ला सामान्य डब्बामा यात्रा गरिरहेका उदल कुमार र विजय कुमारले सुने । यो सुनेर दुवै जना डराए र गुडिरहेको रेलबाट ट्र्याकमा हाम फाले । यसपछि कसैले चेन तान्यो र अरू केही यात्रु पनि ज्यान बचाउन रेलबाट धमाधम हाम फाल्न थाले । हल्ला फैलिएपछि रेलमा हङ्गामा मच्चिएको थियो । आफ्नो ज्यान बचाउन मानिसहरू जसरी भएपनि रेलबाट बाहिर निस्कने प्रयास गरिरहेका थिए । केही मानिसहरू अर्को ट्र्याकतिर हाम फाले र केहीले ट्र्याक नभएको साइडतिर हाम फाले ।

अरू मानिस ट्र्याक भएतिर भागेको भए भने दुर्घटना झनै ठुलो हुन सक्थ्यो भनेर प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको पहिचान भइसकेको जनाएको जलगाउँका कलेक्टरेटले बताएका छन् । ३ जनाको पहिचान भइरहेको भनिएको छ । कर्नाटक एक्सप्रेसको ठक्करका कारण कयौँ मान्छेको शरीर टुक्रा–टुक्रा भएका थिए । उद्धार टोली र नजिकैका मानिसहरूले यी टुक्राहरूलाई तन्नामा जम्मा पारेका थिए । दुर्घटना जनवरी २२ मा साँझ ४ः४२ बजे पचोरा स्टेशन नजिकै भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई दशकपछि सडक स्तरोन्नति
दुई दशकपछि सडक स्तरोन्नति
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
सुक्खा पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध
सुक्खा पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता
अल्पकालीन ब्याजदर बढाउन ४० अर्बको निक्षेप संकलन, राष्ट्र बैंकमा ४ खर्ब थुप्रियो
अल्पकालीन ब्याजदर बढाउन ४० अर्बको निक्षेप संकलन, राष्ट्र बैंकमा ४ खर्ब थुप्रियो
स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ
स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
एमाले पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङलाई लोकप्रिय मत
एमाले पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङलाई लोकप्रिय मत
भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स
भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स