पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते
२ माघ, काठमाडौँ — पछिल्लो पाँच महिनामा देशभर भएका आगलागीका घटनाबाट १६ जनाले ज्यान गुमाएका छन् भने १४५ जना घाइते भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार साउनदेखि मंसिरसम्मको आगलागीको घटनामा परेर मृत्यु हुनेमा ५ पुरुष र ११ महिला छन् ।त्यस मध्ये एक जना बालिका हुन् । घाइते हुनेहरूमा भने ७२ जना पुरुष र ७३ जना महिला रहेका छन् ।
त्यसमध्ये ३ जना बालक र ५ जना बालिका हुन् । २९ जना भने आगलागीबाट विस्थापित भएका छन् । यो समयमा देशभरि १ हजार १ सय १६ वटा आगलागीका घटना भएका थिए ।प्रहरीका अनुसार आगलागीबाट ४ सय ५५ वटा पशु चौपायामा क्षति पुगेको छ । भौतिक क्षति तर्फ १ सय ९० वटा घर, १ सय ३० गोठ र १ सरकारी कार्यालयमा क्षति पुगेको छ। आगलागीबाट पाँच महिनामा देशिरी ४९ करोड ९० लाख २८ हजार ३ सय ३० रुपैयाँ आर्थिक क्षति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment