आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २, २०८१
|
|
८६ पटक हेरिएको
Shares
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सारांश

  • आज (बुधबार) चार संसदीय समितिको बैठक बस्दैछ ।
  • जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।
  • बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।

काठमाडौं । आज (बुधबार) चार संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसदले बनाएका ऐन कानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न

गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ । जसअन्र्तगत संघीय संसदले बनाएको ऐन÷कानून कार्यान्वयनका चुनौतीका विषयमा कैलाली जिल्लाको धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसदले बनाएको ऐन÷कानून कार्यान्वयनका चुनौतीका विषयमा धनुषा जिल्लाको जनकपुरधाममा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसदले बनाएको ऐन÷कानून कार्यान्वयनका चुनौतीका विषयमा दाङ जिल्लाको देउखुरीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ मा छलफल हुनेछ ।

यसैगरी आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । विहान साढे ११ मा बस्ने बैठकमा “नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०’’ को सार्वजनिकीकरण र छलफल हुदैछ । आजै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ । बैठक दिनको १ बजे बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप
२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु
पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु
पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
मधेशमा जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै
मधेशमा जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण