छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु, दुईजना मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १९, २०८१
|
|
२१ पटक हेरिएको
Shares
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु, दुईजना मृत फेला

सारांश

  • प्र.
  • ०३-००१ च १२४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया नुरजहान खातुनको बिहीबार साँझ मृत्यु भएको छ ।
  • ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

१९ पुस, चितवन, भरतपुर महानगरपालिका-४ रामघाटस्थित सडकमा बा.प्र.०३-००१ च १२४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया नुरजहान खातुनको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झाङ, तलकोट गाउँपालिका-२ सुकगाडस्थित सडकमा से.१ ज ८४३ नम्बरको जीप सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा जीपमा सवार ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक केदारस्युँ गाउँपालिका-१ रायल बस्ने ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ बस्ने ३६ वर्षीय बम बहादुर धामी, उनकै छोरी ५ वर्षीया आकृति धामी र ७२ वर्षीया जोगेनी देवी धामी रहेका छन् । दुर्घटनामा शम्शेर, बम बहादुर र जोगेनी देवीको घटनास्थलमै र आकृतिको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी बझाङ, मष्टा गाउँपालिका-१ कोटदेवलस्थित सडकमा भातेखोलाबाट रनाडातर्फ आउँदै गरेको सु.प.प्र. ०१-००१ ज १३९८ नम्बरको जीप सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४२ वर्षीय धर्म थापाको घटनास्थलमै मृत्यु भएको छ ।

रोल्पा, सुनछहरी गाउँपालिका-६ फगाम धुम्सीस्थित सडकमा रूइनिवाङबाट फगामतर्फ जाँदै गरेको लु.१ ज ४८८९ नम्बरको बोलेरो गाडी बिहीबार राति दुर्घटना हुँदा बोलेरोमा सवार सोही ठाउँ बस्ने ५७ वर्षीया गौरा रोका मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोका सहचालकको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, सुरूङगा नगरपालिका-३ लक्ष्मीपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर नेपालको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार चालक र सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । मृत अवस्थामा फेला चितवन, भरतपुर महानगरपालिका-१ बस्ने ७० वर्षीया बस माया श्रेष्ठ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।म्याग्दी, बेनी नगरपालिका-२ खबरास्थित लब्ली हिल नजिकै भिर तल भारत बिहार घर भएका २१ वर्षीय अक्लेस कुमार दास बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हङकङ सुपर सिक्सेस : आज नेपाल र अफगानिस्तान बिच भिडन्त
हङकङ सुपर सिक्सेस : आज नेपाल र अफगानिस्तान बिच भिडन्त
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
फिलिपिन्समा शक्तिशाली भूकम्प : ६९ जनाको मृ*त्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प : ६९ जनाको मृ*त्यु
कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः  देउवा
कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः देउवा
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने