राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १९, २०८१
|
|
२१ पटक हेरिएको
Shares
राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको बैठक आज बस्दै छ।
  • पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन शुक्रबारका लागि बैठक बोलाइएको राप्रपा नेपालले जनाएको छ।
  • आजदेखी काठमाडौंमा सुरू हुने बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुनेछ।

 

१९ पुस,  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन शुक्रबारका लागि बैठक बोलाइएको राप्रपा नेपालले जनाएको छ।

आजदेखी काठमाडौंमा सुरू हुने बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुनेछ। बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, राप्रपा नेपालले पुस २७ गते राष्ट्रिय एकता दिवस भब्य तरिकाले मनाउनका लागि तयारी पनि गरेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?