११ श्रावण २०८२, शनिबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 

१४ पुस,  काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदी पनि प्रतितोला २५ रुपैयाँले घटेको छ।  आज चाँदी  प्रतितोला १ हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको  छ। शुक्रबार चाँदीको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?