रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु : डा. निकोलस भुसाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
३७ पटक हेरिएको
Shares
रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु : डा. निकोलस भुसाल

सारांश

  •  डा.
  • निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ‘हिरासतमा रहेको फोटो’ आफूले खिचेको दाबी गरेका छन् ।
  • हिजो (बुधबार) रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले हिरासतमा रहेका लामिछाने ‘सुतिरहेको फोटो’ फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।

 

४ पुस, काठमाडौं । डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ‘हिरासतमा रहेको फोटो’ आफूले खिचेको दाबी गरेका छन् । हिजो (बुधबार) रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले हिरासतमा रहेका लामिछाने ‘सुतिरहेको फोटो’ फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।

फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि भुसालले उक्त तस्वीर आफूले खिचेको बताएका हुन् । ‘यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ,’ उनले फेसबुकमा भनेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?