बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १, २०८१
|
|
६९ पटक हेरिएको
Shares
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

सारांश

  • उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई थुनामै पठाउन आदेश गरेको छ ।
  • जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
  • निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो ।

१ पुस, काठमाडौं ।

उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई थुनामै पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो ।

झामाथि अरु आरोपितहरूलाई झैं ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो । न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झाका साथै प्रतिक थापालाई पनि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?