काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
१ पुस, काठमाडौं ।
पूर्व मेयर पीएल सिंहको निधनको शोकमा काठमाडौँ महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको थियो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । काठमाडौँ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ‘काठमाडौं नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नुहुने पूर्वप्रमुख पीएल सिंहको आज बिहान निजी निवासमा असामियक निधन भएकोमा महानगरपालिका परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।
प्रमुखका रूपमा काठमाडौं महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने निर्देशानुसार अनुरोध गरिन्छ ।’
Post Comment