पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २९, २०८१
|
|
१२२ पटक हेरिएको
Shares
पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?

सारांश

  • महासंघको २७ औँ महाधिवेशन अन्तर्गत हिजो हरिपुरस्थित रेडक्रस भवनमा सम्पन्न निर्वाचनबाट ४६ मत प्राप्त गरी ठाकुर तीन वर्षीय कार्यकाललागि अध्यक्षमा चुनिएका हुन् ।
  • ठाकुरका प्रतिस्पर्धी रामगोविन्द यादवले १४ मत प्राप्त गरेका छन् ।
  • सर्लाहीबाट नेपाल पत्रकार महासंघमा सदस्य रहेका ६२ जना सदस्यमध्ये मतदानमा ६० जना सहभागी भएका थिए ।

२९ मंसिर,  सर्लाही – नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ओमप्रकाश ठाकुर निर्वाचित भएका छन् । महासंघको २७ औँ महाधिवेशन अन्तर्गत हिजो हरिपुरस्थित रेडक्रस भवनमा सम्पन्न निर्वाचनबाट ४६ मत प्राप्त गरी ठाकुर तीन वर्षीय कार्यकाललागि अध्यक्षमा चुनिएका हुन् । ठाकुरका प्रतिस्पर्धी रामगोविन्द यादवले १४ मत प्राप्त गरेका छन् ।

सर्लाहीबाट नेपाल पत्रकार महासंघमा सदस्य रहेका ६२ जना सदस्यमध्ये मतदानमा ६० जना सहभागी भएका थिए । यस्तै महासंघ जिल्ला शाखाको उपाध्यक्षमा मुकेश झा ४२ मत प्राप्त गरी बिजयी हुँदा अर्का उम्मेदवार मनोजकुमार यादवले १७ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष महिलामा बन्दना झा ३२ मत ल्याएर बिजयी भएकी छन् । झाका प्रतिद्वन्द्वी मिरा रानीले २४ मत प्राप्त गरिन् । त्यस्तै सचिवमा सोम दियाली ३२ मत प्राप्त गरी बिजयी हुँदा प्रतिस्पर्धी सिंहबहादुर थापा (श्रवण) ले १४ मत प्राप्त गरेका निर्वाचन समितिले जनायो । कोषाध्यक्षमा घनश्याम सिंह ३२ मत प्राप्त गरी निर्वाचित हुँदा कोषाध्यक्षका अर्का उम्मेदवार घनश्याम बलम्पाकीले २७ मत प्राप्त गरेका छन् ।

महासंघको केन्द्रीय परिषद् सदस्यमा सत्यप्रकाश यादव ३१ मत ल्याई बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी शंकर श्रेष्ठले २९ मत प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघको सर्लाही शाखासहित प्रदेश र केन्द्रिय कार्य समितिका लागि रेडक्रस भवन हरिपुरबाटै जिल्लाका पत्रकारहरुले मत खसालेका थिए । महासंघको जिल्ला शाखामा यसअघि नै सह–सचिवमा जनार्जन खत्री, समावेशी सह–सचिवमा लक्ष्मण राय यादव, जिल्ला सदस्य (खुल्ला) तर्फ अमलेश शर्मा र राधेश्याम कुशवाहा, आदिवासी जनजाति सदस्यमा रीना आले, मधेशी सदस्यमा निरज कुमार यादव, दलित सदस्यमा बुद्धबहादुर विश्वकर्मा (दीपक), महिला सदस्यमा मनिषा कुमारी कुशवाहा र अन्य समावेशी सदस्यमा बच्चेलाल पण्डित निर्वाचित भएका थिए । केन्द्रीय परिषद् सदस्य महिलामा पुस्तिका केसी र प्रदेश परिषद् सदस्यमा प्रकाश मैनाली निर्विरोध भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
रिष्ठ अभिनेता धर्मेवन्द्र अस्पतालबाट घर फर्किए
रिष्ठ अभिनेता धर्मेवन्द्र अस्पतालबाट घर फर्किए
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
सुकुम्वासीका बारेमा सरकारको शासकीय सुधार कार्यसूचीमा के छ ?
सुकुम्वासीका बारेमा सरकारको शासकीय सुधार कार्यसूचीमा के छ ?
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै