रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
१७ पटक हेरिएको
Shares
रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सारांश

  • काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
  • सडकमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र.
  • ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको थियो ।

 

१६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । सडकमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको थियो ।

सो क्रममा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१४ मुरलीबँगैचा घर भएका ४५ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकको खोजी भइराखेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?