२६ जेष्ठ २०८२, आईतवार

आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा

 

७ मंसिर, विश्व फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) १४ मार्चबाट सुरु भएको छ । आइपिएलले बिहीबार फ्रेन्चाइज टिमलाई इमेल गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो ।

१४ मार्चमा सुरु हुने आइपिएलको फाइनल खेल २५ मेमा हुनेछ । क्रिकइन्फोका अनुसार आइपिएलले आगामी तीन सिजनको ड्राफ्ट तालिका सबै टोलीलाई पठाएको छ । तर, यो अन्तिम मिति हुने सम्भावना छ । सन् २०२६ को आइपीएल मार्च १५ देखि मे ३१ सम्म र २०२७ को आइपिएल मार्च १४ देखि ३० मेको बीचमा हुने छ । आउँदो संस्करणमा पनि आइपिएलका ७४ खेल हुने छन् । तर, यस विषयमा औपचारिकरूपमा आइपिएल र बीसीसीआईले आधिकारिक घोषणा भने गरेका छैनन् ।

कोलकाता नाइट राइडर्स डिफेन्डिङ च्याम्पियन हो । फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले अघिल्लो संस्करणको उपाधि जितेको थियो । अस्ट्रेलिया क्रिकेट बोर्डले आफ्ना घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटरलाई आइपिएल २०२५ सिजन खेल्न अनुमति दिएको छ । सन् २०२६ को फेब्रुअरी–मार्चमा हुने टी–२० विश्वकपपछि अष्ट्रेलियाले पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । यो शृङ्खला मार्च १८ अघि समाप्त हुनेछ । सन् २०२७ को सिजनमा टेस्ट क्रिकेटको १५० वर्ष पूरा भएको सम्झनामा मार्चमा अस्ट्रेलिया र  इङ्ल्यान्डबीच एकमात्र टेस्ट खेलिनेछ ।

त्यसपछि अष्ट्रेलियाका खेलाडी आइपिएलका लागि उपलब्ध हुनेछन् । इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइपिएलको आगामी तीन सिजनमा उपलब्ध हुने सेन्ट्रल कन्ट्रयाक्टमा समावेश खेलाडीको सूची पनि दिएको छ । तर, यो सूचीमा इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सको नाम भने छैन । स्टोक्सलाई आइपिएल २०२५ को मेगा लिलामीमा समावेश गरिएको छैन । बीसीसीआईले शुक्रबार आइपिएल लिलामीका लागि ५७४ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ, जसमा ३६६ भारतीय र २०८ विदेशी खेलाडी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment