आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
२० पटक हेरिएको
Shares
आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा

सारांश

  • आइपिएलले बिहीबार फ्रेन्चाइज टिमलाई इमेल गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो ।
  • १४ मार्चमा सुरु हुने आइपिएलको फाइनल खेल २५ मेमा हुनेछ ।
  • क्रिकइन्फोका अनुसार आइपिएलले आगामी तीन सिजनको ड्राफ्ट तालिका सबै टोलीलाई पठाएको छ ।

७ मंसिर, विश्व फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) १४ मार्चबाट सुरु भएको छ । आइपिएलले बिहीबार फ्रेन्चाइज टिमलाई इमेल गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो ।

१४ मार्चमा सुरु हुने आइपिएलको फाइनल खेल २५ मेमा हुनेछ । क्रिकइन्फोका अनुसार आइपिएलले आगामी तीन सिजनको ड्राफ्ट तालिका सबै टोलीलाई पठाएको छ । तर, यो अन्तिम मिति हुने सम्भावना छ । सन् २०२६ को आइपीएल मार्च १५ देखि मे ३१ सम्म र २०२७ को आइपिएल मार्च १४ देखि ३० मेको बीचमा हुने छ । आउँदो संस्करणमा पनि आइपिएलका ७४ खेल हुने छन् । तर, यस विषयमा औपचारिकरूपमा आइपिएल र बीसीसीआईले आधिकारिक घोषणा भने गरेका छैनन् ।

कोलकाता नाइट राइडर्स डिफेन्डिङ च्याम्पियन हो । फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले अघिल्लो संस्करणको उपाधि जितेको थियो । अस्ट्रेलिया क्रिकेट बोर्डले आफ्ना घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटरलाई आइपिएल २०२५ सिजन खेल्न अनुमति दिएको छ । सन् २०२६ को फेब्रुअरी–मार्चमा हुने टी–२० विश्वकपपछि अष्ट्रेलियाले पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । यो शृङ्खला मार्च १८ अघि समाप्त हुनेछ । सन् २०२७ को सिजनमा टेस्ट क्रिकेटको १५० वर्ष पूरा भएको सम्झनामा मार्चमा अस्ट्रेलिया र  इङ्ल्यान्डबीच एकमात्र टेस्ट खेलिनेछ ।

त्यसपछि अष्ट्रेलियाका खेलाडी आइपिएलका लागि उपलब्ध हुनेछन् । इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइपिएलको आगामी तीन सिजनमा उपलब्ध हुने सेन्ट्रल कन्ट्रयाक्टमा समावेश खेलाडीको सूची पनि दिएको छ । तर, यो सूचीमा इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सको नाम भने छैन । स्टोक्सलाई आइपिएल २०२५ को मेगा लिलामीमा समावेश गरिएको छैन । बीसीसीआईले शुक्रबार आइपिएल लिलामीका लागि ५७४ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ, जसमा ३६६ भारतीय र २०८ विदेशी खेलाडी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्ने प्रेरणा मिलोस् : माधव नेपाल
खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्ने प्रेरणा मिलोस् : माधव नेपाल
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
राप्रपा निर्वाचन क्षेत्र नम्बर १ मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु
राप्रपा निर्वाचन क्षेत्र नम्बर १ मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु
सगरमाथा आरोही पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह
सगरमाथा आरोही पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह
नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत
नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
निवर्तमान गृहमन्त्री लेखकको घरमा आगजनी
निवर्तमान गृहमन्त्री लेखकको घरमा आगजनी
चितुवाले आक्रमण गर्दा एक बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा एक बालकको मृत्यु