दुर्गा प्रसाईंमाथि साइबर र किर्तेसम्बन्धी मुद्दाको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ६, २०८१
|
|
१९ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंमाथि साइबर र किर्तेसम्बन्धी मुद्दाको तयारी

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत् ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गाप्रसाईंमाथि ५ दिन हिरासतमा राखेर थप अनुसन्धान हुने भएको छ ।
  • राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
  • जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरीले जनाएको छ ।

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत् ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गाप्रसाईंमाथि ५ दिन हिरासतमा राखेर थप अनुसन्धान हुने भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरीले जनाएको छ ।

मंगलवार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उहाँलाई प्रहरीले बुधबार कार्यालय खुलसँगै अदालतमा पेस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत् ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको उहाँमाथि अभियोग छ । जिल्ला अदालतबाट साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएसँगै पक्राउ गरिएका प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर उहाँलाई सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको प्रसाईंले भिडियोमार्फत् आरोप लगाउनुभएको थियो । सो भिडियोमा प्रसाईंले प्रधानमन्त्रीको हस्ताक्षरसहितको कागजातसमेत देखाएपछि फर्जी कागजात बनाएको कसुरमा उहाँविरुद्ध ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारी प्रहरीको छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा २७६ अनुसार किर्ते गर्न हुँदैन । सो ऐनको दफा ३०६ अनुसार बेइज्जती पनि गर्न पाइँदैन ।

सो कसुरमा पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न पाइँदैन । प्रहरीले उहाँलाई आपराधिक उपद्रवविरुद्धको अभियोग पनि लगाउन सक्छ । आपराधिक उपद्रव पुष्टि भएमा ३ वर्षसम्म कैद हुन्छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा ८९ मा झुटा प्रमाण बनाउन नहुने कानुनी व्यवस्था छ । प्रहरीले उहाँविरुद्ध झुटा प्रमाण बनाएको कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ । झुटा प्रमाण बनाएको पुष्टि भएमा ५ वर्षसम्म कैद हुन्छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा ५८ अनुसार राष्ट्रपति वा संसद्लाई धम्की दिन पाइँदैन ।

त्यसरी धम्क्याएको पुष्टि भएमा ७ वर्षसम्म कैद हुने व्यवस्था छ । प्रसाईंको घरबाट पक्राउ गरिएका ९ जनालाई प्रहरीले मुद्दा चलाउने भएको छ । पक्राउ परेका देवी संग्र्रौला, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी बराइली र रमेश ठकुरीलाई मुलुकी अपराध संहिता–२०७४ अन्तर्गत अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको छ । उनीहरूलाई पनि भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ
६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही
काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
नेप्से परिसूचक ४७ अङ्कले बढ्यो
नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

तपाईंले छुटाउनुभयो कि?