उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने

सारांश

  • मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ ।
  • आयोगले मंगलबार उम्मेदवारको नामावली सार्बजनिक गरेसँगै आज उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्बजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।
  •   आयोगले आज बिहान ९ बजेदेखि अपराहन्न १ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको छ ।

५ मंसिर,  काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ ।

आयोगले मंगलबार उम्मेदवारको नामावली सार्बजनिक गरेसँगै आज उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्बजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।  आयोगले आज बिहान ९ बजेदेखि अपराहन्न १ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको छ ।

त्यस्तै आयोगले आज अपराहन्न १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्ने जनाएको छ ।  त्यस्तै आजै आयोगले आजै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ ।  यस अघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा ४१० उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।

उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल
जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल
महोत्तरीमा विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता
महोत्तरीमा विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता
टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै
टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
मर्स्याङ्दीमा २७ जनाले  गुमाए ज्यान,  घाइते १६ जनालाई ल्याइयो काठमाडौँ
मर्स्याङ्दीमा २७ जनाले गुमाए ज्यान, घाइते १६ जनालाई ल्याइयो काठमाडौँ
निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद
निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद
बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने
नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका जनक गिरीको अग्रता कायमै
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका जनक गिरीको अग्रता कायमै