पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड
३० कार्तिक. काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट बंगलादेश विद्युत निर्यात हुन थालेको खबरले आफू हर्षित भएको प्रतिक्रिया द्यिएका छन् ।
आफू प्रधानमन्त्री भएको बेलामा भारत भ्रमणको क्रममा नेपालबाट बंगलादेश विद्युत निर्यात गर्न दिन भारत सरकार सहमत भएको पनि उनले स्मरण गराएका छन् । दाहालले फेशबुकमा लेखेका छन्– \ आज पहिलो पटक नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ ।
२०८० जेठमा प्रधानमन्त्रीको रुपमा भएको मेरो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न दिन भारत सरकार सहमत भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गर्दै आज बङ्गलादेशमा विद्युत् निर्यात हुन थालको हो । विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।
Post Comment