नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
२६ पटक हेरिएको
Shares
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

सारांश

  • नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ।
  • टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको हो ।
  • अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो।

 

२ कात्तिक, काठमाडौं । नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ। टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको हो ।

अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७-२७ रनको योगदान गरे। त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए।

अमेरिकाका लागि सौरभ नेत्राभल्कर, जसदीप सिंह र हर्मित सिंहले २-२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए। अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?