दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २३, २०८१
|
|
३७ पटक हेरिएको
Shares
दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा

सारांश

  • दशैंका दिन पोखराका विभिन्न ७ रुटमा निशुल्क बस सेवा सञ्चालन हुने भएको छ ।
  • जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा पोखराका यातायात व्यवसायी, पोखरा महानगरले यात्रुको बढी चाप हुने विभिन्न ७ रुटमा निशुल्क चलाउन लागिएको हो ।
  • दशैंका दिन आवश्यकताभन्दा बढी यात्रु बोक्ने, गाडी नै नचल्ने, आवश्यकताभन्दा बढी भाडा लिने गुनासो आइरहने भएकाले नागरिकको चाप हुने पोखराका विभिन्न ठाउँमा दशैंका दिन निशुल्क बस चलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले जानकारी दिए ।

 

२३ असोज, पोखरा । दशैंका दिन पोखराका विभिन्न ७ रुटमा निशुल्क बस सेवा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा पोखराका यातायात व्यवसायी, पोखरा महानगरले यात्रुको बढी चाप हुने विभिन्न ७ रुटमा निशुल्क चलाउन लागिएको हो ।

दशैंका दिन आवश्यकताभन्दा बढी यात्रु बोक्ने, गाडी नै नचल्ने, आवश्यकताभन्दा बढी भाडा लिने गुनासो आइरहने भएकाले नागरिकको चाप हुने पोखराका विभिन्न ठाउँमा दशैंका दिन निशुल्क बस चलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले जानकारी दिए । यातायात व्यवसायीकोसमेत उपस्थितिमा प्रशासनले बुधबार पत्रकार सम्मेलन गर्दै नागरिकको चाप हुने ठाउँमा बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निशुल्क बस बस चलाउने जानकारी दिइएको हो । पोखराका विभिन्न यातायात व्यवसायीको संयुक्त प्रयासमा ७ वटा रुटमा ३२ सिटमाथिका १८ वटा बसले दशैंका दिन निशुल्क यात्रु ओसार्ने सिडिओ पाण्डेले बताए ।

‘दशैंमा गाडी नपाउने, धेरै चाप हुने गुनासो आइरहन्थ्यो । यसपटक यातायात व्यवसायीकै समन्वयमा बस निशुल्क गराउने कामको थालनी गरेका हौं,’ सिडिओ पाण्डेले भने, ‘आगामी वर्ष अन्य निकायसँग पनि समन्वय गरी थप यातायात सुविधालाई ग्रामिण क्षेत्रमा पनि पुर्‍याउने जमर्को गर्ने छौं।’ जिल्ला प्रशासनकै समन्वयमा १८ वटा गाडी निशुल्क चलाएर अन्य गाडीले बढी भाडा असुल्ने, बढी यात्रु राख्ने गरे कारबाही कसरी हुन्छ त ? सिडिओ पाण्डेले प्रस्ट पारे, ‘कुनै सर्तमा निशुल्क बस चलाउन लागिएको होइन, बढी यात्रु बोक्ने, बढी भाडा असुल्ने गरे नियमानुसार कारबाही हुन्छ ।’ राष्ट्रिय यातायात व्यवसायी महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले यातायात व्यवसायी अहिले झनै समस्यामा रहे पनि सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क बस सेवा दिन लागिएको बताए ।

‘अहिले सडकको अवस्था दयनीय छ, यात्रुसमेत पाउने सक्ने अवस्था छैन,’ पौडेलले भने, ‘राज्यले सडक व्यवस्थित गर्दै, व्यावसायिक वातावरण बनाउने काम गरोस्, हामी सामाजिक उत्तरदायित्वबाट भाग्दैनौं ।’ पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले अहिले काठमाडौंबाट पोखरा आउने बसलेसमेत यात्रु पाउने अवस्था नरहेको बताए । उनले अघिल्लो वर्ष पोखराबाट बाहिरदिने ७५ हजार यात्रुले टिकट काटेको तर यो वर्ष अहिलेसम्म ५ हजार यात्रुले पनि टिकट नकाटेको सुनाए । बाढी, पहिरोले सडक छिया–छिया छ । राज्यले व्यवस्थित बनाउने कामसमेत गरेको छैन ग्रामिण सडक कतिपय हामी आफैंले बनाएका छौं,’ केसीले भने, ‘हामीलाई राज्यलेमात्रै होइन, नागरिकले हेर्ने नजर पनि सुध्रिएको छैन तर हामीले सामाजिक उत्तरदायित्व निभाउन, यात्रुलाई दिन छाड्नु हुँदैन भनेर लागेका हौं ।’

पोखरामा पटक पटक मिटरमा चलाउने प्रयास भएर पनि असफल भएको ट्याक्सी व्यवसाय हो । अहिले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइड पुर्‍याएकै २ हजार रुपैयाँसम्म लिने गरेको गुनासो छ । विमानस्थलमा चर्को पार्किङ शुल्क तिर्नुपर्दा भाडा बढी लिने गरेको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले बताए। ‘विमानस्थलमा ट्याक्सीकै पार्किङ शुल्क ३ सय ५० रुपैयाँ छ । त्यहाँबाट लेकसाइड आएको ८ सय ५० सम्म लिने गरिएको छ तर हामीले ८ सय रुपैयाँभन्दा बढी नलिनु भनेका छौं । त्योभन्दा बढी लिएको जानकारी आए कारबाही गर्न सक्छौं,’ पौडेलले भने, ‘अन्य ठाउँमा भने मिटरमा चल्न सक्ने अवस्था छ । विमानस्थलदेखि लेकसाइडसम्मको रुटमै बढी गुनासो आएको हो ।’ लेकप्रियताका लागि एक दिन निशुल्क गर्नुभन्दा नियमित गाडी चलाउने र नियमानुसारकै भाडा लिएर सहज आउजाउ गर्नुपर्ने व्यवस्था मिलाउन सरोकारवालाले आग्रह गरेका थिए। कास्कीका सिडिओ पाण्डेले अर्को वर्षदेखि ग्रामिण क्षेत्रसम्म यातायात कसरी सहज बनाउने भनेर लागिने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी
ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड
एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने