ज्येष्ठ नागरिकको रकम लुट्ने चारजना भारतीय पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २२, २०८१
|
|
२८ पटक हेरिएको
Shares
ज्येष्ठ नागरिकको रकम लुट्ने चारजना भारतीय पक्राउ

सारांश

  • ज्येष्ठ नागरिकको रकम लुटेको आरोपमा बाराबाट चार जना भारतीय नागिरक पक्राउ परेका छन्।
  • कलैया उपमहानगरपालिका–१ स्थित प्रभु बैंकअगाडिबाट ज्येष्ठ नागरिकको साथबाट ५० हजार रूपैयाँ डकैती गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
  • पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण थाना बेताही, ग्राम पञ्चायत रानी पोखरी–४३ का ५९ वर्षीय सुरेशप्रसाद बनिया, सोही स्थानका ४५ वर्षीय शर्मा मुखिया, ४४ वर्षीय शैलेश तिवारी र बिहार मुज्जफरपुर जिल्ला ग्रामपञ्चायत बनजरिया थाना सकराका ३४ वर्षीय रवि दास रहेका छन्।

२२ असोज, काठमाडौँ। ज्येष्ठ नागरिकको रकम लुटेको आरोपमा बाराबाट चार जना भारतीय नागिरक पक्राउ परेका छन्।

कलैया उपमहानगरपालिका–१ स्थित प्रभु बैंकअगाडिबाट ज्येष्ठ नागरिकको साथबाट ५० हजार रूपैयाँ डकैती गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण थाना बेताही, ग्राम पञ्चायत रानी पोखरी–४३ का ५९ वर्षीय सुरेशप्रसाद बनिया, सोही स्थानका ४५ वर्षीय शर्मा मुखिया, ४४ वर्षीय शैलेश तिवारी र बिहार मुज्जफरपुर जिल्ला ग्रामपञ्चायत बनजरिया थाना सकराका ३४ वर्षीय रवि दास रहेका छन्।

लुटपाट भएका ज्येष्ठ नागरिकको नाम प्रहरीले गोप्य राखेको छ। प्रहरीका अनुसार उनी कलैया उपमहानगरपालिका वडा नम्बर १३ का वासिन्दा हुन्।यही असोज १ गते प्रभु बैंकबाट रकम झिकी घरतर्फ जाँदै गर्दा बीआर २२ बीजे ३१६४ भारतीय प्लेट नम्बरको मोटरसाइकलमा आएका दुई र अन्य दुई गरी चार जनाको समूहमा रहेका उनीहरूले छुरा देखाई ज्येष्ठ नागरिकको पैसा लुटेका थिए। खोजतलासका क्रममा ज्येष्ठ नागरिकको रकम लुट्ने उनीहरू पुनः सोही स्थानमा देखा परेपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

फेरि त्यही स्थानमा लुटपाट गर्ने योजनाका साथ उनीहरू त्यहाँ पुगेको प्रहरीको भनाइ छ। प्रहरीले लुटपाटमा उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म भेटियो, सचेत रहन आग्रह
ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म भेटियो, सचेत रहन आग्रह
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
राष्ट्रिय टोलीको जर्सी प्रायोजकको खोजीमा क्यान
राष्ट्रिय टोलीको जर्सी प्रायोजकको खोजीमा क्यान
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
पाँचौं पुस्ताको लडाकु विमान बनाउँदै भारत
पाँचौं पुस्ताको लडाकु विमान बनाउँदै भारत
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा