२६ जेष्ठ २०८२, आईतवार

जुवा खेलेको आरोपमा ८ जना पक्राउ

 

१९ असोज, दाङ — जुवा खेलेको आरोपमा शुक्रबार तुलसीपुरमा आठ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१५कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा खेलिरहेको अबस्थामा १ लाख ७२ हजार ५ सय ८५ नगद्सहित आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर-१४ का ३० वर्षीय अनिल नेपाली, ४९ वर्षीय बल बहादुर बस्नेत, ४० वर्षीय मधुकर बस्नेत र रून्टीगढी गाउँपालिका-२ रोल्पाका ४६ वर्षीय रूपलाल बिक छन् ।

यसैगरी तुलसीपुर-१५ का ४९ वर्षीय सुवास धिताल, घोराहीउपमहानगरपालिका-९ का ४३ वर्षीय बालाराम पौडेल, घोराही-१८ का २९ वर्षीय दिनेश बिक र घोराही-१५ का ३७ वर्षीय बसन्तराज अधिकारी पक्राउ परेका छन् । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इश्वर थापालेबताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?