काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १, २०८०
|
|
२९ पटक हेरिएको
Shares
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’

सारांश

  • मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकामा हलहरुमा ११ बजेबाट आदिपुरुष प्रदर्शन भइसकेको छ।
  • बिहानको शोहरु सुरक्षाका कारण स्थगित भए पनि ११ बजेपछिका शोहरु सञ्चालन भइरहेको क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरीले बताइन्।
  • ‘क्यूएफएक्सका ७ ‌वटा हलका बिहानका शोहरु रद्द भएपछि हामीले पैसा नै फिर्ता गर्नुपर्‍यो।

काठमाडौं : प्रभास स्टारर् भारतीय फिल्म ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरुमा प्रदर्शनमा आएको छ। मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकामा हलहरुमा ११ बजेबाट आदिपुरुष प्रदर्शन भइसकेको छ।

बिहानको शोहरु सुरक्षाका कारण स्थगित भए पनि ११ बजेपछिका शोहरु सञ्चालन भइरहेको क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरीले बताइन्। ‘क्यूएफएक्सका ७ ‌वटा हलका बिहानका शोहरु रद्द भएपछि हामीले पैसा नै फिर्ता गर्नुपर्‍यो। ११ बजेपछिका सबै शोहरु रिलिज भइरहेका छन्,’ उनले भनिन्। भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई ‘भारतीकी छोरी’ भन्ने संवाद रहेको बाहिरिएपछि यो फिल्म विवादमा तानिएको हो। नेपालमा यो संवाद हटाएर सेन्सर पास भइसकेको छ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भारतमा पनि सीता भारतकी छोरी भनिएको शब्द नहटाएसम्म काठमाडौंमा फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन्। बालेनले संवाद हटाउन तीन दिनको समय दिएका छन्। सो समयसम्म संवाद नहटाए काठमाडौं महानगरमा हिन्दी फिल्म चल्न नदिने उनको चेतावनी छ। बालेनको चेतावनी पछि सामाजिक संजाल पक्ष र विपक्षमा बाँडिएको थियो।

फिल्म बहिष्कार गर्नुपर्छ भन्ने आवाज उठेपछि सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै आज काठमाडौंका हलमा बिहानको शोहरु हुन सकेको थिएन। उपत्यकाका मल्टिप्लेक्सहरुमा आदिपुरुष हेर्नेको उल्लेख्य उपस्थिति देखिएको छ। ओम राउत निर्देशित यस फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खान र सनी सिंह मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?