राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १, २०८१
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गरेका छन् ।
  • उनी नयाँ सडककस्थित जुद्ध सलिकबाट गद्दी बैठकसम्म हिँडेर गएका थिए ।
  • गत वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थालेका हुन्।

१ असोज, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गरेका छन् । Worldlink adsउनी नयाँ सडककस्थित जुद्ध सलिकबाट गद्दी बैठकसम्म हिँडेर गएका थिए । गत वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थालेका हुन्। गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो । इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, प्रदेशसभा सदस्य, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायत समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए ।भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । बुधबार माथिल्लो टोलमा रथयात्रा गरिने छ । असोज ५ गते शनिबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाइने छ ।  सोही दिन अपराह्न राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ ।असोज ५ गते राति १०ः३१ बजे इन्द्रध्वजोपतनपछि इन्द्रजात्रा समापन हुन्छ । इन्द्रजात्रा प्रताप मल्लको शासनकालमा सुरु भएको विश्वास छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । काठमाडौँ उपत्यकामा मनाइनेमध्ये यो सबैभन्दा लामो जात्रा हो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज पूजार्चना पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण ग¥यो
चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण ग¥यो
फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
सहकारी प्रकरण: गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने संकेत
सहकारी प्रकरण: गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने संकेत
आज मन्त्रिपरिषद् विस्तार हुँदै
आज मन्त्रिपरिषद् विस्तार हुँदै
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने जसपाको तयारी
सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने जसपाको तयारी
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ