आफ्नै भाइको हत्या आरोपमा दाइ पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
आफ्नै भाइको हत्या आरोपमा दाइ पक्राउ

सारांश

  • शिवसताक्षी नगरपालिका-८ बस्ने ४१ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा ४५ वर्षीय दाइ नारायण सिटौलालाई प्रहरीले पक्राउ गरेको हो।
  • प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङका अनुसार बिहीबार राति सवा ९ बजे रामप्रसाद आफ्नै घरको बलेसीमा मृत फेला परेका थिए।
  • स्‍थानीयले मृत भेटाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुशिल थापा मगरको कमाण्डमा प्रहरीको टोली खटिएको थियो।

२८ भदौ , झापामा आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले दाइलाई पक्राउ गरेको छ।Worldlink adsशिवसताक्षी नगरपालिका-८ बस्ने ४१ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा ४५ वर्षीय दाइ नारायण सिटौलालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङका अनुसार बिहीबार राति सवा ९ बजे रामप्रसाद आफ्नै घरको बलेसीमा मृत फेला परेका थिए। स्‍थानीयले मृत भेटाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुशिल थापा मगरको कमाण्डमा प्रहरीको टोली खटिएको थियो। अनुसन्धानका लागि खटिएको उक्त टोलीले मृतक रामप्रसादको टाउको र अनुहारमा चोट देखेको थियो।घटनाबारे अनुसन्धान सुरू भएसँगै सोधपुछ गर्न उनकै दाइ नारायणलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक तामाङले बताइन्।  ‘नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले घटनाबारे स्वीकारे,’ प्रहरी निरीक्षक तामाङले भनिन्। उनका अनुसार उक्त घरमा दाजुभाइ मात्रै बस्थे। समय समयमा मापसे गर्ने उनीहरूले गएराति पनि मापसे गरेका थिए। मापसे गरेर दुई जनाबीच विवाद भएको र कुटाकुट हुँदा भाइको मृत्यु भएको प्रहरीले जनाएको छ। ‘दुबै जना धेरै मापसे गर्नेहरू परे। गएराति धेरै मापसे गर्दा दुई जनाबीच कुटाकुटको क्रममा ज्यान गएको देखियो,’ प्रहरी निरीक्षक तामाङले भनिन्। घटनाबारे झिलझिलेबाट प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु
भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी
अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने
अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी
रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने
सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर