सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आफ्नै भाइको हत्या आरोपमा दाइ पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
५४ पटक हेरिएको
Shares
आफ्नै भाइको हत्या आरोपमा दाइ पक्राउ

सारांश

  • शिवसताक्षी नगरपालिका-८ बस्ने ४१ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा ४५ वर्षीय दाइ नारायण सिटौलालाई प्रहरीले पक्राउ गरेको हो।
  • प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङका अनुसार बिहीबार राति सवा ९ बजे रामप्रसाद आफ्नै घरको बलेसीमा मृत फेला परेका थिए।
  • स्‍थानीयले मृत भेटाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुशिल थापा मगरको कमाण्डमा प्रहरीको टोली खटिएको थियो।

 

२८ भदौ , झापामा आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले दाइलाई पक्राउ गरेको छ।Worldlink adsशिवसताक्षी नगरपालिका-८ बस्ने ४१ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा ४५ वर्षीय दाइ नारायण सिटौलालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङका अनुसार बिहीबार राति सवा ९ बजे रामप्रसाद आफ्नै घरको बलेसीमा मृत फेला परेका थिए। स्‍थानीयले मृत भेटाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुशिल थापा मगरको कमाण्डमा प्रहरीको टोली खटिएको थियो। अनुसन्धानका लागि खटिएको उक्त टोलीले मृतक रामप्रसादको टाउको र अनुहारमा चोट देखेको थियो।घटनाबारे अनुसन्धान सुरू भएसँगै सोधपुछ गर्न उनकै दाइ नारायणलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक तामाङले बताइन्।  ‘नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले घटनाबारे स्वीकारे,’ प्रहरी निरीक्षक तामाङले भनिन्। उनका अनुसार उक्त घरमा दाजुभाइ मात्रै बस्थे। समय समयमा मापसे गर्ने उनीहरूले गएराति पनि मापसे गरेका थिए। मापसे गरेर दुई जनाबीच विवाद भएको र कुटाकुट हुँदा भाइको मृत्यु भएको प्रहरीले जनाएको छ। ‘दुबै जना धेरै मापसे गर्नेहरू परे। गएराति धेरै मापसे गर्दा दुई जनाबीच कुटाकुटको क्रममा ज्यान गएको देखियो,’ प्रहरी निरीक्षक तामाङले भनिन्। घटनाबारे झिलझिलेबाट प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु
कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु
आज राष्ट्रियसभाको बैठक बस्दै
आज राष्ट्रियसभाको बैठक बस्दै
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
आजदेखि पोखरा विमानस्थलमा फ्लाई दुबईको नियमित उडान
आजदेखि पोखरा विमानस्थलमा फ्लाई दुबईको नियमित उडान
प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार
प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
किन भैरहेको छ चितवनमा रवि लामिछानेको विरोध ?
किन भैरहेको छ चितवनमा रवि लामिछानेको विरोध ?
इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ
इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी