मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

सारांश

  • हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको हो।
  • मृत्यु हुनेमा हेटौँडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।
  • डीएसपी भण्डारीका अनुसार सोमबार (आज) बिहान हेटौँडाबाट मनहरीतर्फ जाँदै गर्दा सुवेदीले चलाएको  बा प्र ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ ख २०८६ नम्बरको ट्रकले ठक्कर दिएको हो।

१७ भदौ , मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा हेटौँडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।डीएसपी भण्डारीका अनुसार सोमबार (आज) बिहान हेटौँडाबाट मनहरीतर्फ जाँदै गर्दा सुवेदीले चलाएको  बा प्र ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ ख २०८६ नम्बरको ट्रकले ठक्कर दिएको हो।नवलपरासीबाट झापाका लागि सिमेन्ट लोड गरी गुडेको उक्त ट्रकले सुवेदी सवार मोटरसाइकललाई  हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिक पूर्व–पश्चिम सडकखण्डमा ठक्कर दिएको थियो।ठक्करबाट घाइते भएका सुवेदीलाई उपचारका लागि  हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।  ट्रकचालक दाङको गडुवा गाउँपालिका– २ का २३ वर्षीय चन्द्रप्रसाद चौधरी र ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले जानकारी दिए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झिनो अंकले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार
झिनो अंकले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा
तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा
छलफलमा जुटे ओली, देउवा र प्रचण्ड
छलफलमा जुटे ओली, देउवा र प्रचण्ड
आज पनि बढ्यो सुनचाँदीको मूल्य
आज पनि बढ्यो सुनचाँदीको मूल्य
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित