चट्याङ लागेर दुई जना घाइते
१४ भदौ , गुल्मीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ६ अमरपुरका ३५ वर्षीया राधा बिक र ३० वर्षीया सीता बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । घाइते दुवैको गुल्मी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको र दुवैको अवस्था सामान्य रहेको पोखरेलले बताउनुभयो । बिहीबार साँझ घरमै बसी रहेको समयमा हावाहुरी र पानीसहित परेको चट्याङ लागेर उहाँहरु घाइते भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घरको विद्युतीय वायरिङमा क्षति पुग्नुका साथै एउटा माउ बाख्रा मरेको पोखरेलले जानकारी दिनुभयो । ![]()
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment