२६ जेष्ठ २०८२, आईतवार

कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता

 

११ भदौ, पोखरा । कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् ।भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै रुकस्याक झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री बटुवाले देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए । घटनालगत्तै वीरेठाँटीस्थित प्रहरी चौकीमा खबर गरिएको वडा नम्बर ९ का अध्यक्ष रमेश गुरुङले जानकारी दिए । झोलामा उनीहरुको पासपोर्ट पनि भेटिएको थियो ।घोरेपानी हिँडेका स्पेनी नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) भएको पत्ता लागेसँगै उनको थप विवरण र खोजी कार्य थालिएको वडाध्यक्ष गुरुङले बताए । ‘वीरेठाँटीबाट ट्रेकिङ रुट हुँदै उनीहरु घोरेपानी जान हिँडेको खुल्यो । वीरेठाँटीस्थित एकयाप चेकपोस्टमा उनीहरुले बिहान १० बजेर २१ मिनेट जाँदा नाम दर्ता गराएका रहेछन्,’ वडाध्यक्ष गुरुङले भने, ‘लगातार २ दिनसम्म पनि उनीहरु फेला नपरेपछि मौजा खोलामा सशत्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजि थालेपछि मंगलबार एक जना पुरुषको शव परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?