एक हप्ताभित्र देशभर कित्ताकाट खुल्छः मन्त्री अधिकारी
११ भदौ ,काठमाडौं, । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको एक हप्ताभित्र देशभर कित्ताकाट खुल्ने बताएका छन् ।
हिजो (सोमबार) उनले कार्यविधि बनाएर किटाकाट खुलाउने तयारी भइरहेको बताएका हुन् ।‘कित्ताकाट रोकेर जनताको हित हुन्छ ? अब दुई÷तीन दिनमै कार्यविधि बनाएर कित्ताकाट फुकाउने काम पनि मैले तुरुन्तै गर्छु । अबको एक हप्ताभित्रमा कित्ताकाटको समस्या रहन्न । अहिले किनबेच बन्द भयो, अंशबण्ड बन्द भयो, अब खुल्छ,’– उनले भने
त्यस्तै, स्मास्ट सिटीअन्तर्गत रोक्का रहेका जग्गाबारे पनि चाँडै निर्णय हुने उनले बताए । आफूले स्मार्ट सिटीअन्तर्गतको जग्गाबारे सहकारी विकास मन्त्रालयमा पनि कुरा राखिसकेको मन्त्री अधिकारीले बताए । ‘स्मार्ट सीटी भनेको सहकारी विकास मन्त्रालयअन्तर्गत पर्छ । मैले दुई पटक सहरी विकास मन्त्रालयलाई निकास दिन भनेको छु । मैले सरकारी विकासलाई भनेँ । हामीले कति गर्नसक्छौं त्यति गर्छौं, नत्र फुकुवा गर्छौं भनेको छ । यदि गरेन भने मैले क्याविनेटमा प्रस्ताव लान्छु,’– उनले भने ।![]()



Post Comment