भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १०, २०८१
|
|
३१ पटक हेरिएको
Shares
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने

सारांश

  • अब उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
  • सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
  • जहाँ बंगलादेशले ४–३ ले खेल आफ्नो पक्षमा पार्‍यो।

१० भदौ , काठमाडौँ – डिफेन्डिङ च्याम्पियन भारतसँग गत संस्करणको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिँदै बंगलादेश जारी यु–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।अब उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जहाँ बंगलादेशले ४–३ ले खेल आफ्नो पक्षमा पार्‍यो। त्यसअघि खेलको पहिलो हाफमा लेफ्ट साइडबाट विंगर हुसेन राहुलले दोस्रो बार च्याप्दै गरेको प्रहार भारतका गोलरक्षक प्रयांशु दुबेले ड्राइभ गर्दै बचाए पनि सिक्स यार्ड बक्सभित्र रहेका असदुल मोल्लाले उक्त बललाई ‘वान टच’ फिनिस गर्दै जाली चुमाए। तर, दोस्रो हाफको अन्तिम समयमा भारत खेलमा फर्कियो।

उसका लागि कप्तान रिकी मेटी हवबमले बराबरी गोल गरे। ७५ औँ मिनेटमा उनले बराबरी गोल गर्दै भारतलाई खेलमा फर्काए। तर, साविक विजेता ट्राइबेकरमा भने स्तब्ध बन्यो। भारतका दुई प्रहारलाई बंगलादेशी गोलरक्षकले बचाउँदा भारत दुर्भाग्यशाली बन्यो। टाइब्रेकरमा भारका परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे। तर, केल्भिन सिंह र आकाशको प्रहार बंगलादेशका गोलरक्षक मोहम्मद आसिफले रोकेका थिए। बंगलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गर्दा अन्तिम प्रहार अघिनै बंगलादेश ४–३ ले विजयी भयो।अब उपाधिका लागि बंगलादेश र नेपाल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्नेछन्। यसअघि सोमबार नेपालले भुटानलाई पेनाल्टी सुटआउटमै पराजित गरेर फाइनल प्रवेश गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट
ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै
डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै
नेवार समुदायले आज म्हः पूजा गर्दै
नेवार समुदायले आज म्हः पूजा गर्दै
एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
नेप्से परिसूचक ३५ अङ्कले घट्यो, ८ अर्बको कारोबार
नेप्से परिसूचक ३५ अङ्कले घट्यो, ८ अर्बको कारोबार
माटोको ढिस्कोमा पुरिएर गाउँपालिकाका प्राविधिकसहित दुई जनाको मृत्यु
माटोको ढिस्कोमा पुरिएर गाउँपालिकाका प्राविधिकसहित दुई जनाको मृत्यु
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी