कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ११, २०८०
|
|
५३ पटक हेरिएको
Shares
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन

सारांश

  • कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेस निकट नेता कार्यकर्ताले कार्यालय घेराउ गरेका छन् ।
  • नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकालाई कांग्रेसकै असन्तुष्ट पक्षहरुले आज नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन् ।
  • बजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको भन्दै घेराउ गरिएको कुरा असन्तुष्ट पक्षबाट आएको कैलारी गाउँपालिकाको ६ नं.

११ जेष्ठ, धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेस निकट नेता कार्यकर्ताले कार्यालय घेराउ गरेका छन् ।नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकालाई कांग्रेसकै असन्तुष्ट पक्षहरुले आज नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन् ।

बजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको भन्दै घेराउ गरिएको कुरा असन्तुष्ट पक्षबाट आएको कैलारी गाउँपालिकाको ६ नं. वडाध्यक्ष प्रेमबहादुर चौधरीले जानकारी दिए । पालिकाले वडालाई सोझै डल्लो बजेट दिनुपर्ने तथा वडाले खर्च गर्न पाउनुपर्ने माग राखेको चौधरीको भनाइ छ । असन्तुष्ट समूहको नेतृत्व पालिका प्रवक्ता समेत रहेका वडा नं. ७ का वडाध्यक्ष दीपेन्द्र बमले गरेको बताइएको छ । तनाब उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको छ ।

https://press4k.com/

यसैबीच नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित पालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती चौधरीसहित वडाध्यक्षहरु र असन्तुष्ट पक्षबीच छलफल चलिरहेको बताइएको छ ।  प्रदर्शनकारीले कर्मचारीलाई कार्यालय बाहिर निस्कन भनेपछि हाल पालिकाको कामकाज ठप्प भएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुरले जानकारी दिए ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता
काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?
एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?
सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
पहिराले मुग्लिन-मलेखु सडक खण्ड अवरुद्ध
पहिराले मुग्लिन-मलेखु सडक खण्ड अवरुद्ध
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
कुलमानबारे प्रधानमन्त्री ओलीले सोमबार जवाफ दिन सहमत
कुलमानबारे प्रधानमन्त्री ओलीले सोमबार जवाफ दिन सहमत
पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित