सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३२, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

सारांश

  • पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता छन् ।
  • महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।

३२ साउन, सप्तरी। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता छन् । महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए । डिएसपी न्यौपानेका अनुसार आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका-१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका-३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् । अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीले मोटरसाइकल र ट्याङ्करलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री
कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार