बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
२७ साउन, ढाका । बंगलादेशको सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीश सैयद रेफत अहमदले शपथ ग्रहण गरेका छन् । आइतबार बंगभवन दरबार हलमा अहमद र उनका दुई सल्लाहकारले शपथ लिएका हुन् । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले नवनियुक्त प्रधानन्यायाधीश अहमदलाई पद तथा गोपनियताको शपथ गराए । त्यसपछि दुई सल्लाहकार सुप्रदीप चक्मा र डा.विधानरञ्जन रोयले पनि शपथ लिएका थिए ।सय्यद रेफात अहमद सर्वाेच्च अदालतको उच्च अदालत डिभिजनका वरिष्ठ न्यायाधीश हुन् ।
बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले शनिबार दिउँसो राजीनामा दिएपछि सोही रात सैयद रेफात अहमद प्रधानन्यायाधीश नियुक्त भएका थिए । यसैसाता बिहीबार अन्तरिम सरकारका १४ सल्लाहकारले पनि शपथ लिएका छन् । तर ढाकाबाहिर रहेकाले तीन जना सल्लाहकारले शपथ लिएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment