२६ जेष्ठ २०८२, आईतवार

जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु

 

२७ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

आजबाट सुरु भएको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् । बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा छलफल हुने बताइएको छ ।

साथै एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे समेत बैठकमा छलफल हुने बताइएको छ । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची रहेको छ । बैठक साउन ३० गतेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?