सामान्य वर्षामै जलमग्न हुन्छ सिरहाको सुखीपुर स्वास्थ्य चौकी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सामान्य वर्षामै जलमग्न हुन्छ सिरहाको सुखीपुर स्वास्थ्य चौकी

सारांश

  • पानीको निकास नहुँदा सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ ।
  • जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् ।
  • स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि अस्पताल क्षेत्र जलमग्न हुँदै आएको स्थानीय इन्द्रजीत साहले बताए ।

२४ साउन, सिरहा । पानीको निकास नहुँदा सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् ।स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि अस्पताल क्षेत्र जलमग्न हुँदै आएको स्थानीय इन्द्रजीत साहले बताए । उनले भने, ‘वर्षा सुरु भएसँगै अस्पताल क्षेत्र पूरै डुबान हुन्छ । थोरै वर्षामा पनि अस्पताल आउजाउ गर्न समस्या हुन्छ । लामो समय वर्षा हुँदा त अस्पताल भित्रै पानी पस्छ ।’पानीको निकास थुनेर नजिकमा पक्की घरका संरचना बन्दै जाँदा समस्या बढ्दै गएको उनको भनाइ छ । पानी निकासबारे पटकपटक सम्बन्धित निकायमा पहल गरिए पनि आश्वासन मात्र पाइएको अस्पतालका सिनियर अहेब जगत सिंहले बताए ।वरिपरी अन्य संरचना बनेपछि अस्पताल क्षेत्र होचो हुँदा सामान्य वर्षामै पोखरीमा परिणत हुन्छ । यसले अस्पतालमा बिरामीको सेवा प्रभावित हुँदै आएको छ,’ सिंहले भने, ‘पानीको निकासका लागि सम्बन्धित निकायमा पटक-पटक अनुरोध गर्दै आएका छौँ। नगरपालिकाबाट केही ट्याक्टर माटो हाल्ने काम गरिए पनि पानी निकासको काम अगाडि नबढ्दा समस्यामा छौँ।’ साथै उनले अस्पताल जस्तो संवेदलशील क्षेत्रमा पानी जम्ने समस्या हुँदा पानीजन्य सङ्क्रामक रोग फैलिने सम्भावना उत्तिकै रहेको बताए ।अस्पताल क्षेत्रको सडकमा नाला निर्माण पूरा नहुँदा समस्या भएको सोही क्षेत्रका वडाध्यक्ष्य किशोरीप्रसाद चौधरीले जानकारी दिए । आधा नाला अघिल्लो नगरप्रमुखको कार्यकालमा निर्माण भइसकेको र आधा काम बाँकी रहेकाले नगरपालिकासामु पटक–पटक पहल गरिए पनि सुनुवाइ हुन नसकेको उनको गुनासो छ। ‘नगरसामु अनुरोध गर्‍यो, वडाले बनाउनु भन्नुहुन्छ । हाम्रो स्रोत र साधनले भ्याउँदैन’, उनले भने।नगरप्रमुख रामऔतार यादवले पानी निकासमा आएको समस्याका बारेमा बुझेर चाँडै निराकरण गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२८४६ अंकमा झर्‍यो सेयर बजार, घटे सबै सेक्टर
२८४६ अंकमा झर्‍यो सेयर बजार, घटे सबै सेक्टर
दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ
दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले गरे आगजनी
चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले गरे आगजनी
राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
भोजपुरमा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा
भोजपुरमा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
हेटौंडामा बालगृहको गेटबाहिर नवजातशिशु फेला, अवस्थागम्भीर
हेटौंडामा बालगृहको गेटबाहिर नवजातशिशु फेला, अवस्थागम्भीर