बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २१, २०८१
|
|
३२ पटक हेरिएको
Shares
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो

सारांश

  • बंगलादेशमा आइतबार भएको हिंसात्मक विरोध प्रदर्शनमा देशभरमा कम्तीमा ९१ जनाको मृत्यु भएको छ ।
  • प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सडकमा हजारौँ प्रदर्शनकारीहरू उत्रिएका छन् ।
  • प्रदर्शनकारीहरूलाई तितर बितर पार्न प्रहरीले अश्रु ग्यास र रबरका गोली पनि प्रहार गरेको थियो ।

२१ साउन, ढाका । बंगलादेशमा आइतबार भएको हिंसात्मक विरोध प्रदर्शनमा देशभरमा कम्तीमा ९१ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सडकमा हजारौँ प्रदर्शनकारीहरू उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई तितर बितर पार्न प्रहरीले अश्रु ग्यास र रबरका गोली पनि प्रहार गरेको थियो । मर्नेमा कम्तीमा १३ जना प्रहरी पनि रहेको बताइएको छ । सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने मागसहित गएको महिना विश्वविद्यालयका विद्यार्थीहरू विरोध प्रदर्शनमा उत्रिएयता एकै दिनमा भएको यो अहिलेसम्मकै धेरै मृत्यु हो ।

यसअघि हिंसात्मक विरोध प्रदर्शनमा जुलाई १९ मा ६७ जनाको मृत्यु भएको थियो । आइतबार साँझ ६ बजेदेखि सरकारले अनिश्चितकालीन कर्फ्युको घोषणा गरेको छ । सोमबारदेखि तीन दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ । यसैबिच सरकारले इन्टरनेट सेवा पनि ठप्प पारेको छ । हसिनाका आलोचक अनि मानव अधिकारवादी समूहहरूले सरकारले प्रदर्शनकारी अत्यधिक बल प्रयोग गरेको आरोप लगाइरहेका छन् । तर हसिना र उनका मन्त्रीहरूले यो आरोप अस्वीकार गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
बिहार विधानसभा निर्वाचन अपडेट, मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता
बिहार विधानसभा निर्वाचन अपडेट, मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता
सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे
सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने